Sagun Khabar
बैतडीको डिलाशैनीकी एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ७ ढाँडका एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । ढाँडका २० वर्षीया मञ्जु कार्कीको सोमबार दिउँसो हेलिकोप्टर मार्फत उद्धार गरी सेती प्रादेशिक अस्पताल धनगढी लगिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । 

कार्कीले डिलाशैनी गाउँपालिका वडा नं ४ स्थित हाडाकोट स्वास्थ्यचौकीमा बच्चा जन्माएपनि साल अड्किएपछि उद्धार गरिएको भारतीले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको पहलमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा सुत्केरी महिलाको उद्धार गरिएको हो । राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत कार्कीको उद्धार गरिएको हो । 

हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार गरिएपछि उनको ज्यान जोगिएको छ । सडकमै ल्याउन ६÷७ घण्टा लाग्ने भएकाले ती सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो । 

प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update