Sagun Khabar
बझाङको चैनपुरमा आगलागी, एक करोड बढीको क्षति भएको अनुमान 

बझाङ – बझाङको सदरमुकाम चैनपुरमा रहेको सुर्मादेवी सिरक÷डसना उद्योगमा आगलागी भएको छ । बिजुलीको तार शर्ट भइ उद्योगमा आगलागी भएको हो ।

मेशिन तथा औजार र पसलमा रहेका लत्ताकपडा, खाद्यान्न र हार्डवेयरका सम्पूर्ण सामान जलेको उद्योगका सञ्चालक किशोर खड्काले बताए । आगलागीबाट उद्योगसँगै जोडिएको मष्टा गाउँपालिकाका वडा नम्बर ४ कि हरिनादेवी कठायतको होटलमा समेत क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक खगेन्द्र धमलाका अनुसार आगलागीबाट एक करोड ८१ लाख ६६ हजार रुपैयाँ बराबरको क्षति प्रारम्भिक अनुमान छ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update