Sagun Khabar
नेपाली कांग्रेस बैतडीको सचिवमा भण्डारीको दाबी 

बैतडी – नेपाली कांग्रेस बैतडीको सचिवमा रमेशसिंह भण्डारीले उम्मेद्वारी घोषणा गरेका छन् । १४ औं महाधिवेशन अन्तर्गत जिल्ला महाधिवेशन नजिक आईरहेका बेला भण्डारीले सचिवमा उम्मेद्वारी दिने बताएका हुन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य रहेका भण्डारीले १३ औं महाधिवेशनमा पनि सचिव पदमै उम्मेद्वारी दिएका थिए । त्यो बेला उनी पराजित भएका थिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

बिपी विचार राष्ट्रिय समाज बैतडीका सभापति समेत रहेका भण्डारीले नेपाली कांग्रेसमा युवा वर्गको सहभागिता बढाउन आफ्नो उम्मेद्वारी रहेको बताए । उनले भने ‘नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउन मैले उम्मेद्वारी दिने तयारी गरेको छु । सबै साथीहरुले सहयोग गर्छन भन्ने मेरो विश्वास छ ।’

संस्थापन पक्षबाटै सचिवको उम्मेद्वार हुने भण्डारीले प्रष्ट पारे । उनले भने ‘सके सम्म सहमतिमै सचिवको जिम्मेवारी दिन नेता कार्यकर्ताहरुसंग आग्रह गर्दछु । चुनाव भएपनि संस्थापन पक्षको तर्फबाट उम्मेद्वारी दिन्छु ।’

नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिक आएका बेला बैतडीमा पनि प्रष्ट रुपमा संस्थापन र पौडेल पक्षले आ आफ्ना कार्यक्रमलाई विस्तार गर्न थालेका छन् । यसले गर्दा सहमतिमै नेतृत्व चयन हुने सम्भावना कम रहेको नेताहरुले बताएका छन् । 

नेपाली कांग्रेसमा युवाहरुको आकर्षण बढाउन र पार्टीको संगठनलाई बलियो बनाउन आफ्नो उम्मेद्वारी रहेको भण्डारीले प्रष्ट पारे । उनले भने ‘ म नेता कार्यकर्ताहरुलाई एकचोटी जिम्मेवारी दिएर हेर्न आग्रह गर्दछु । नेपाली कांग्रेसलाई संगठनात्मक रुपमा बलियो बनाउने उद्देश्य सहित मेरो उम्मेद्वारी हो ।’
 

प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update