Sagun Khabar
नेकपा (एस)को सुदूरपश्चिम संसदीय दलको नेतामा सोडारी चयन 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी चयन भएका छन् । 

नेकपा एमाले विभाजन भएपछि मंगलबार धनगढीमा बसेको संसदीय दलको बैठकले सोडारीलाई दलको नेता चयन गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् । 

नेकपा एमाले छाड्दै १४ जना सुदूरपश्चिम प्रदेशसभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेका थिए । यसअघि सोमबार बसेको दलको पहिलो बैठकले वर्तमान प्रदेश सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update