Sagun Khabar
बैतडी : कांग्रेसको दशरथचन्द नगरसभापतिमा भट्ट प्यानल सहित चुनावी मैदानमा 

बैतडी –नेपाली कांग्रेसको महाधिवेशन नजिक आएका बेला अहिले देशैभर महाधिवेशनको चटारो चलिरहेको छ । वडा अधिवेशन सम्पन्न भएको बैतडीमा पालिका अधिवेशनका लागि नेताहरुले प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

जिल्लाको दशरथचन्द नगरपालिकाको सभापति भुवनराज भट्ट र गजेन्द्रसिंह रावलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । दशरथचन्द नगरपालिका वडा नं १ का अध्यक्ष समेत रहेका भुवनराज भट्ट प्यानल सहित चुनावी मैदानमा उत्रेका छन् । आफूले साँझा उम्मेद्वारको रुपमा नगरसभापतिमा उम्मेद्वारी घोषणा गरेको भट्टले दाबी गरे । यद्यपि भट्ट प्यानल पौडेल समूह रहेको संस्थापन पक्षले दाबी गरेको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

संस्थापन पक्षले गजेन्द्रसिंह रावलको नेतृत्वमा प्यानलमै चुनावी मैदानमा होमिने तयारी गरेको छ । नगर सभापतिका उम्मेद्वार भट्ट भने प्यानल सहित चुनावी प्रचारप्रसारमा समेत लागि सकेका छन् । 

भट्ट प्यानलमा उपसभापतिमा सुरतबहादुर चन्द र हरिश टमाटा उम्मेद्वार रहेका छन् । यस्तै सचिवमा श्यामबहादुर चन्द र गणेशसिंह थापा, सहसचिवमा राजेन्द्रप्रसाद बडु र उत्तम जोशी र कोषाध्यक्षमा हरिशचन्द्र जोशी उम्मेद्वार रहेका बताइएको छ । 

नेपाली कांग्रेसमा युवाहरुको आकर्षण बढाउन नगर सभापतिमा आफूले उम्मेद्वारी दिएको भट्टले बताए । कांग्रेसलाई बलियो बनाउन आफ्नो उम्मेद्वारी रहेको उनले बताए । उनले भने ‘नेपाली कांग्रेसलाई बलियो बनाउन मेरो उम्मेद्वारी हो । युवा टीम सहित म सभापतिका लागि उठेको छु । त्यसैले सबै साथीहरुले मलाई सहयोग गर्नेछन् ।’
 

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update