बैतडी – बैतडीको पाटन नगरपालिका वडा न. १० स्थीत सिद्धपुर स्वास्थ्य चौकीमा महिलाहरुका लागी एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बैतडीको आयोजना तथा प्राबिधिक सहयोग र सिद्धपुर स्वास्थ्यचौकीको समन्वयमा यहि माघ ७ गते स्वास्थ्य शिविर सन्चालन हुने सिद्धपुर स्वास्थ्य चौकीका प्रमख महेन्द्र बोहराले बताए ।
महिलाहरुमा हुने यौन रोग ,तल्लो पेट दुख्ने , सेतो पानी बग्ने , आङ खस्ने समस्या , गर्भवती महिला हरुका लागि भिडियो एक्सरे सेवा , आइयुसिडी सेवा, इन्प्लान्ट सेवा लगाएतका परिवार नियिजन सम्बन्धि र महिलाहरुमा हुने रोगहरुको उपचार सहितको स्वास्थ्य शिविर सन्चालन हुने सिद्धपुर स्वास्थ्य चौकीका प्रमख बोहराले बताए ।
शिविर बिहान १० बजे देखि ४ बजे सम्म सञ्चालन गरिने बताइएको छ । वडा भरिका तथा आफ्नो पाइक पर्ने महिलाहरुलाइ सेवालिनहुन सिद्धपुर स्वास्थ्य चौकीले आग्रह समेत गरेको छ ।




