बाजुराका एमाले उम्मेदवार थापालाई मातृ शोक
बाजुरा –बाजुराका एमाले उम्मेदवार लालबहादुर थापालाई मातृ शोक परेको छ । एमाले केन्द्रीय कमिटी सदस्यसमेत रहेका थापाकी आमा कलशी थापाको ८९ वर्षको उमेरमा निधन भएको छ ।
बुढीगंगा नगरपालिका–२ ताप्रास्थित आफ्नै निवासमा कलशीको निधन भएको हो । आमाको स्वास्थ्य अवस्था जटील भएपछि थापा घरदैलो अभियान छोडेर घर आएका थिए । उम्मेदवार थापा अहिले किरियामा रहेका छन् ।
आमाको किरियामा रहेका थापाले भेट्न आउनेहरुसँग नै मत मागिरहेका छन् । आफूले विगतमा गरेको कामको आधारमा मत दिन उनले आग्रह गरिरहेका छन् ।
एमालेका उम्मेदवार थापा घरदैलोमा जान नपाएपनि केन्द्रीय सदस्य, जिल्ला अध्यक्षसहितको टोलीले भने घरदैलो अभियानलाई निरन्तरता दिएको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, माघ २५, २०८२ १४:१३
प्रतिक्रिया दिनुहोस्




