Sagun Khabar
सुदूरपश्चिमको आर्थिक मामिला तथा योजना मन्त्रीमा तामाङ र राज्यमन्त्रीमा बोहरा नियुक्त
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली – सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । आज शुक्रवार एक मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा तारा लामा तामाङ नियुक्त भएका छन् । उनलाई उहाँलाई प्रदेश प्रमुख गङ्गाराज यादवले आज बेलुका पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । लामा नेकपा (एकीकृत समाजवादी) कञ्चनपुरका अध्यक्ष हुन् । उनी कञ्चनपुर क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभामा निर्वाचित भएका हुन् । 

यस्तै अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएकी छिन् । उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले शपथ ग्रहण गराएका हुन् । बोहरा बझाङबाट प्रतितिनिधित्व गर्ने समानुपातिक प्रदेश सभा सदस्य हुन् । 

सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टको नेतृत्वमा माओवादी र नेकपा (एकीकृत समाजवादी) को संयुक्त सरकार रहेको छ । सरकारमा नेकपा एकीकृत समाजवादीका सात र नेकपा माओवादीका चार जना सहभागी छन् ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update