Sagun Khabar
जेन्जी आन्दोलनमा फरार कैदी बैतडीबाट पक्राउ

बैतडी- डडेल्धुरा कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ।

प्रहरी चौकी खोड्पेबाट प्रहरी नायब निरीक्षक उदय सिंह खडायतको नेतृत्वमा खटिएको प्रहरी टोलीले आइतबार दिउँसो करिब ३ः३० बजे गोप्य सूचनाका आधारमा उक्त कैदीलाई पक्राउ गरेको हो।

भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा डडेल्धुरा कारागारबाट फरार भएका ज्यान जाँच सम्बन्धी मुद्दाका कैदी बैतडीको पाटन नगरपालिका–८ सलमारी निवासी अन्दाजी ३४ वर्षीय रमेश बिष्टलाई सोही नगरपालिका–८ स्थित जसलेखालीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका बिष्टलाई हाल प्रहरी चौकी खोड्पेमा राखिएको छ। उनलाई थप कारबाहीका लागि डडेल्धुरा कारागार पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  १६:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update