Sagun Khabar
दार्चुलामा रोकिएको गाडीमाथि ढुंगा  खसेपछि ...

दार्चुला –दार्चुलामा रोकिएका दुई गाडीमाथि ढुंगा खसेको छ । जिल्लाको मार्मा गाउँपालिका –३ को विटुले पारिबगर सडकखण्ड अन्तर्गत रिलपैरामा रोकिएका दुई गाडीमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध भएका कारण रोकिएका बा २१ च ७२७९ नम्बरको स्कारपियो र से १ ज ८४९ नम्बरको जिपमाथि  ढुंगा खस्दा क्षती भएको दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताए । उनका अनुसार मानवीय क्षति भने भएको छैन । 

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update