Sagun Khabar
बैतडीका ८ स्थानीय तहमा कोरोना सक्रिय संक्रमित शुन्य 

बैतडी –बैतडीका ८ ओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य भएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका र पाटन नगरपालिका बाहेकका स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य भएका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । 

जिल्लाको पुर्चौंडी नगरपालिक, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

तत्कालका लागि जिल्लाका ८ ओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका रहेका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

जिल्लामा अहिले १२ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १० जना र पाटन नगरपालिकामा १ जना रहेका छन् । बैतडीमा जिल्ला बाहिरका एक जना सक्रिय संक्रमित रहेका छन् । 

यसैबीच मंगलबार बैतडीमा थप एकजनामा कोरोना पुष्टि भएको छ । झुलाघाट नाकामा एन्टीजेन परीक्षण गर्दा बझाङका एक २२ बर्षीया महिलामा कोरोना पुष्टि भएको हो । यस्तै आज तीनजना संक्रमणमुक्त भएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update