Sagun Khabar
दार्चुलामा जिप दुर्घटना : पाँच जना घाइते 

दार्चुला –दार्चुलाको मार्मामा जिप दुर्घटजा हुँदा पाँच जना घाइते भएका छन् । 

मार्माको भित्री सडक ताकुबाट घोल्जरतर्फ गइरहेको सु.प.प्र ०१–००१ ज ००७६ नम्बरको जिप शनिबार राति करीब ८ बजेतिर अनियन्त्रित भएर पातिहाल्ला भन्ने स्थानमा दुर्घटनामा परेको हो । 

जिप दुर्घटना हुँदा मार्मा गाउँपालिका–१ घोल्जरका जिप चालक २६ बर्षीय हरिश महरा, सोही ठाउँकी २७ बर्षीया मनिषा ठगुन्ना, सोही ठाउँकी १७ बर्षीया स्मृती ठगुन्ना, १३ बर्षीया सारिका ठगुन्ना र १६ बर्षीय विवेक महरा घाइते भएका छन् । घाईतेहरुमध्ये  चालक महरा र १७ बर्षीया स्मृती ठगुन्नाको स्वास्थ्य अवस्था गम्भीर रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक हेमराज भट्टले जानकरी दिए । 

घाइते सबैलाई शनिबार राति नै उपचारका लागि धनगढी लगिएको छ । 

जिप सडकबाट करीब ६० मिटर तल खसेको थियो । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update