दार्चुलामा नदीले बगाउँदा एक बालकको मृत्यु
दार्चुला –दार्चुलामा चौलानी नदीले बगाउँदा एक बालकको मृत्यु भएको छ ।
जिल्लाको मार्मा गाउँपालिका–४ परपडाका ६ बर्षीय डम्मरसिंह धामीको चौलानी नदीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
बिहीबार दिउँसो पौडी खेल्ने क्रममा धामीलाई नदीले बगाएको थियो । नदीले बगाएका धामीको खोजीका लागि इलाका प्रहरी कार्यालय कार्यालय लटीनाथबाट खटिएको प्रहरी टोलीले उनको शव फेला परेको हो ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३ १७:४१
प्रतिक्रिया दिनुहोस्





