दार्चुलामा आगलागीबाट १० लाख बढीको क्षति
दार्चुला –दार्चुलाको दुहुँ गाउँपालिका–४ चिनचिरी बस्ने इन्द्र बहादुर बमको घरमा बिहीबार बिहान आगलागी भएको छ ।
बमको घरमा आगलागी हुँदा करिब १० लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
उक्त आगो फैलिएर सोही ठाउँका प्रकाश बमको घरमा समेत आगलागी हुँदा करिब ६० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ४, २०८३ १७:४६
प्रतिक्रिया दिनुहोस्





