महाकाली नदीमा डुबेर एक युवकको मृत्यु
कञ्चनपुर –कञ्चनपुरमा महाकाली नदीमा डुबेर एक युवकको मृत्यु भएको छ ।
दोधारा चाँदनी नगरपालिका–४ कालिका टोल नजिकै महाकाली नदीमा डुबेर २२ वर्षीय मोहनसिंह ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको ।
सोमबार दिउँसो महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका ठगुन्ना मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
महाकालीमा डुबेर बेपत्ता भएका ठगुन्नाको स्थानीय र प्रहरीले संयुक्त रुपमा खोजी गर्दा डुबेकै स्थान नजिक उनी मृत फेला परेका हुन् ।
मृतक ठगुन्नाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३ ०७:३९
प्रतिक्रिया दिनुहोस्





