Sagun Khabar
बझाङमा एक जना चरेश र नगदसहित पक्राउ 

बझाङ –बझाङका एक जना चरेश र नगदसहित पक्राउ परेका छन् । 

बझाङको जयपृथ्वी नगरपालिका–११ धामीलेखस्थित सोही ठाउँ बस्ने ४८ वर्षीय जयराज जोशीले सञ्चालन गरेको जोशी किराना एण्ड वाइन कर्नर पसलबाट ५० ग्राम ५१ मिलिग्राम लागूऔषध चरेश, तौल गर्ने हाते तराजु थान–१ र नगद १२ हजार ४ सयसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले जोशीले सञ्चालन गरेको पसलमा खानतलासी गर्दा पसल भित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बझाङ प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update