Sagun Khabar
रास्वपा डिलाशैनीको बैठक सम्पन्न 

बैतडी –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डिलाशैनी गाउँ कमिटिको बैठक सम्पन्न भएको छ । 

विभिन्न समसामयिक बिषय र नवप्रवेशीहरुलाई पार्टीमा प्रवेश गराउनका लागि बैठकको आयोजना गरिएको रास्वपा डिलाशैनीका सभापति करनसिंह बोहराले बताए । 

बैठकमा आगामी स्थानीय तहको निर्वाचनको तयारी लगायतका बिषयमा छलफल भएको बोहराले बताए । 

यस्तै एमाले र कांग्रेस परित्याग गरेर केही व्यक्ति रास्वपामा प्रवेश गरेका उनले बताए । एमालेबाट कृष्णबहादुर राना र कांग्रेसबाट गोपालबहादुर राना लगायतका व्यक्तिले पार्टी प्रवेश गरेको सभापति बोहराले बताए । 
 

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  ११:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update