Sagun Khabar
दशरथचन्द नगरपालिका १ मा मानबहादुर टेरको अध्यक्षतामा नेपाली कांग्रेसको नयाँ कार्यसमिति सर्वसम्मत चयन

बैतडी — नेपाली कांग्रेसको देशव्यापी वडा अधिवेशन अन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १ मा वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट मानबहादुर टेरको अध्यक्षतामा नयाँ वडा कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।

चयनित नयाँ कार्यसमितिको उपसभापतिमा विष्णेदत्त भट्ट र सचिवमा नरेशबहादुर भाट सर्वसम्मत निर्वाचित हुनुभएको छ।

नेपाली कांग्रेसको संगठन सुदृढीकरण तथा महाधिवेशनको प्रक्रिया अनुसार देशभर एकैसाथ सुरु भएको वडा अधिवेशन अन्तर्गत दशरथचन्द–१ मा उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा अधिवेशन सम्पन्न भएको जनाइएको छ।

नवनिर्वाचित नेतृत्वले वडा स्तरमा पार्टी संगठनलाई अझ मजबुत, सुदृढ र अनुशासित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ। अधिवेशन समापन भएसँगै स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति: शनिबार, असोज ३, २०८३  २२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update