बैतडीको दशरथचन्द र पाटन नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइए
बैतडी–बैतडीको दशरथचन्द र पाटन नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएका छन् ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिवहरुको सरुवा गर्दै दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको हो ।
दशरथचन्द नगरपालिकामा उपसचिव मनबहादुर थापालाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको छ । दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदीको लमजुङको मध्यनेपाल नगरपालिकामा सरुवा गरिएको छ ।
यस्तै पाटन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव अञ्जु चौधरीलाई खटाइएको छ । पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज अर्यालको केही दिन पहिला सरुवा भएको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३ १७:००
प्रतिक्रिया दिनुहोस्




