Sagun Khabar
बैतडीका रविसिंह पुजारा दुई बर्षदेखि सम्पर्कविहिन, खोजीमा सहयोग गरिदिन परिवारको अपिल 

बैतडी –बैतडीको मेलौली नगरपालिका–५ खलिगाड घर भइ हाल कञ्चनपुरको दोधारा–चाँदनी बस्दै रविसिंह पुजारा विगत दुई वर्षदेखि सम्पर्कविहीन भएका छन् । 

रोजगारी सिलसिलामा दुई बर्ष अगाडि भारतको पञ्जाब पुगेका ३५ बर्षीय पुजारा उतैबाट सम्पर्कविहिन भएका पारिवारिक श्रोतले जनाएको छ । लामो समयदेखि पुजारा सम्पर्कमा आएपछि आफन्तले खोजीका लागि अपिल गरेका हुन् । 

भारतका विभिन्न स्थानमा उनलाई देख्ने, भेट्ने वा उनको अवस्थाबारे जानकारी पाएका व्यक्तिले परिवार वा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन आग्रह गरिएको छ ।

हालको उनको परिवार दोधारा–चाँदनी नगरपालिका –२ मा बस्दै आएको छ । घरमा उनका आमा, बुवा, श्रीमती र एक छोरा रहेका छन् । 

परिवारले रविको खोजीमा सहयोग गरिदिन सबैसँग आग्रह गरेको छ । प्रहरीको आधिकारिक वेबसाइटमा पनि हराएका मानिससम्बन्धी विवरण उपलब्ध हुने व्यवस्था गरिएको छ । 

सुन्दर सुदूरपश्चिमेली युवा समाज  केन्द्रीय समिति भारत र प्रवासी नेपालीहरुले पनि पुजाराको खोजीका लागि गरिरहेको समितिका सचिव डम्बर ठगुन्नाले बताए ।

रविको बारेमा कसैले जानकारी पाएमा भारतमा ०९१९६२५५८५६०७, नेपालमा ९७६३८१५३१४ र ९७६५०५५८०२ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  १०:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update