भूमिराज मावि ढोलेको विव्यस अध्यक्षमा बोहरा चयन
बैतडी –बैतडीको सुर्नया गाउँपालिका–८ ढोलेस्थित भुमिराज माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विरबहादुर बोहरा चयन भएका छन् । मंगलबार भएको अभिभावक भेलाले बोहराको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति चयन गरेको हो ।
शिक्षा नियमावलीको दशौं संशोधन र सुर्नया गाउँपालिका शिक्षा शाखाको परिपत्र अनुसार विद्यालयमा विद्यालय व्यवस्थापन समिति पुनगर्ठन गरिएको विद्यालयका सूचना अधिकारी रमेशबहादुर बोहराले बताए ।
उक्त समितिकोको सदस्यमा मान बहादुर बोहरा, कलावती बोहरा र भागरथी महरा चयन भएका उनले बताए । यस्तै पदेन सदस्यमा वडासदस्य लालबहादुर बोहरा रहेका छन् ।
अध्यक्ष बोहराले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यालयको चौतर्फी विकासका लागि आफूले पहल गर्ने बताए ।
प्रकाशित मिति: बुधबार, असोज २१, २०८३ ११:०९
प्रतिक्रिया दिनुहोस्




