Sagun Khabar
गणेश आविको सेलाको विव्यस अध्यक्षमा शेरबहादुर साउद चयन 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–८ सेलास्थित गणेश आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शेरबहादुर साउद चयन भएका छन् । 

बुधबार विद्यालयमा भएको अभिभावकहरुको भेलाले साउदलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको विद्यालयका सहायक प्रधानाध्यापक जनकबहादुर बोहराले बताए । 

उक्त समितिको सदस्यमा देवबहादुर बोहरा, वसन्ती महरा साउद र गोमती साउद चयन भएका छन् । यस्तै वडा सदस्य चन्द्रादेवी मडै पदेन सदस्य रहेका छन् । शिक्षक प्रतिनिधि सदस्यमा जनकबहादुर बोहरा रहेका समितिका सदस्य सचिव एवं प्रधानाध्यापक पठानसिंह बोहराले बताए । 

शिक्षा नियमावलीको दशौं संशोधन र सुर्नया गाउँपालिका शिक्षा शाखाको परिपत्र अनुसार विद्यालयमा व्यवस्थापन समिति पुनर्गठन गरिएको प्रधानाध्यापक बोहराले बताए । 

विद्यालयको शैक्षिक र अन्य क्षेत्र सुधारका लागि आफूले पहल गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर साउदले बताए । 
 

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  १६:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update