बैतडी–बैतडीको सुर्नया गाउँपालिका–३ तडीगाउँस्थित वासुदेव आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा धर्मानन्द भट्ट चयन भएका छन् ।
बुधबार विद्यालयमा भएको अभिभावक भेलाले भट्टलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको समितिका सदस्य सचिव एवं प्रधानाध्यापक बिरदेव भट्टले जानकारी दिए । उक्त समितिको सदस्यमा केशवराज भट्ट, जयमती लुहार र जानकी भट्ट चयन भएका छन् ।
यस्तै वडा अध्यक्ष शम्भुप्रसाद भट्ट समितिको पदेन सदस्य रहेका छन् । शिक्षक प्रतिनिधि सदस्यमा नन्दराज भट्ट रहेका प्रधानाध्यापक भट्टले जानकारी दिए ।
शिक्षा नियमावलीको दशौं संशोधन र सुर्नया गाउँपालिका शिक्षा शाखाको परिपत्र अनुसार विद्यालयमा व्यवस्थापन समिति पुनर्गठन गरिएको प्रधानाध्यापक भट्टले बताए । कक्षा ८ सम्मको पढाइ हुने उक्त विद्यालयमा ९१ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।




