Sagun Khabar
कफलासैनी भगवती मन्दिरको जात्रा कात्तिक २ गते हुने, जात्रा अवधिभर जाँड रक्सी बिक्री वितरणमा पूर्ण रोक 

बैतडी–बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ५ स्थित प्रसिद्ध धार्मिक स्थल श्री कफलासैनी भगवतीमा आगामी कात्तिक २ गते महाअष्टमीका दिन जात्रा लाग्ने भएको छ ।   

डिलासैनी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष यज्ञ राज भट्टद्वारा जारी सूचना अनुसार राँगा र बोकाको बलिसहित कात्तिक २ गते मेला(जात्रा) सञ्चालन हुनेछ । जात्रालाई सभ्य, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्नका लागि जात्रा अवधिभर क्षेत्रभित्र जाँडरक्सीको ओसारपसार, सेवन तथा बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाइएको वडा कार्यालयले जनाएको छ । 

नियमको पूर्ण पालना गरी शान्ति सुरक्षा कायम राख्न सबै भक्तजन तथा वडावासीहरूमा अनुरोध गरिएको छ ।   

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  १६:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update