बैतडीमा सुरक्षा निकायले भित्र्याए फुलपाती
बैतडी - बैतडीमा सुरक्षा निकायले हर्षोल्लासका साथ फूलपाती भित्र्याएका छन्।
बडादसैँको सातौँ दिन आज नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बैतडीको गडि स्थित विधिपूर्वक पूजापाठ गरी फूलपाती भित्र्याएका जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । आज माता दुर्गाको पूजाआजा गरेपछि फूलपाती भित्र्याइएको थियो।

फूलपाती भित्र्याउने क्रममा सुरक्षा निकायले हर्षबढाइँसमेत गरेका थिए। आजको दिन दसैँ घर तथा पूजा कोठामा फूलपाती भित्र्याएर नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि रहेको छ।

प्रकाशित मिति: शनिबार, असोज ३१, २०८३ १७:५९
प्रतिक्रिया दिनुहोस्




