बैतडी–जिल्ला अस्पताल बैतडीमा आज सञ्चालन गरिएको एक दिने निशुल्क मानसिक स्वास्थ्य शिविरमा ३१ जनाले सेवा लिएका छन् ।
शिविरमा गेटा मेडिकल कलेजका मनोरोग बिशेषज्ञ डा.प्रवेश भट्टले सेवा दिएका थिए । जिल्ला अस्पतालमा मानसिक बिशेषज्ञको दरबन्दी नभएका कारण मानसिक समस्या भएका बिरामीहरुलाई शिविरमाफर्त सेवा दिइएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. अरविन्द जोशीले बताए ।
मानसिक समस्या भएका बिरामीहरुले जिल्लाकै अस्पतालमा सेवा लिन सहज होस् भनेर शिविरको आयोजना गरिएको डा. जोशीले बताए ।
यसैबीच शिविरमा आएर सेवा दिएका गेटा मेडिकल कलेजका डा. प्रवेश भट्टलाई अस्पताल व्यवस्थापन समितिका तर्फबाट धन्यवाद ज्ञापन गर्दै मायाको चिनो प्रदान गरिएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर क्षेत्री (जगदीश)ले मायाको चिनो प्रदान गरेका हुन् ।




