Sagun Khabar
कांग्रेस बाजुराको सभापतिमा रावल विजयी
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –नेपाली काँग्रेस बाजुराको सभापतिमा रामसिंह रावल विजयी भएका छन्।

निर्वाचन समिति बाजुराका अनुसार निर्वतमान पार्टी सभापति तथा देउवा पक्षका उम्मेदवार कबिराज पण्डितलाई ३९ मतले पराजित गर्दै रावल विजयी भएका हुुन्।

दोस्रो चरणमा भएको मतदानमा खसेका ११ सय ८२ मतमध्ये रावलले ६०५ र पण्डितले ५६६ मत ल्याएका छन्। उपसभापतिमा पदम बडुवाल, नारायण पाध्याय, सचिवमा तिलक पुरी र भरत रोकाया निर्वाचित भएका छन्।

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update