Sagun Khabar
बैतडीको उदयदेव मन्दिरमा चोरी, भक्तजन पनि लुटिए 

बैतडी –बैतडीको पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा चोरी भएको छ । मन्दिरमा राखेको दानपेटिका फोडेर चोरले पैसा लगेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । 

घटस्थपनाको अघिल्लो राती मन्दिरमा चोरी भएको हो । दानपेटिका कति रुपैंया थिए भन्ने कुरा खुलेको छैन् । तर एक बर्षदेखि दानपेटिका नखोलेको हुनाले दानपेटिकामा पैसा हुन सक्ने अनुमान गरिएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

मन्दिरबाट दानपेटिका ल्याएर चोरले मन्दिर गेट नजिकै फोडेको अवस्थामा फेला परेको स्थानीय लवदेव जोशीले बताए । यस्तै मन्दिरमा नवरात्रका लागि बस्न आएका एकजना भक्तजनको पैसा समेत लुटिएको छ । महेन्द्रनगरबाट मन्दिरको दर्शनका लागि आएका गणेशबहादुर चन्दको १७ हजार रुपैया चोरिएको प्रहरीले जनाएको छ । चन्द मन्दिरमा सुतेको मौका पारेर उनको पैसा लुटिएको हो । 

चोरीमा संलग्न भएकाहरुको खोजी भईरहेको प्रहरी निरीक्षक शाहीले बताए । कसले चोरेको हो भन्ने कुरा एकीन नभएपनि २–३ जनामाथि निगरानी राखेर अनुसन्धान भईरहेको प्रहरी निरीक्षक शाहीले बताए । 

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update