Sagun Khabar
बाजुरामा भिरबाट लडेर घाइते भएका एक व्यक्तिको हेलिकप्टरमार्फत उद्धार 

बाजुरा –बाजुरामा भिरबाट लडेर घाइते भएका एक व्यक्तिको हेलिकप्टरबाट उद्धार गरिएको छ । स्वामिकार्तिक खापर गाउँपालिका २ बस्ने ४० वर्षीय नरेन्द्र बुढाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।  

बुढा शुक्रबार भिरबाट लडेर घाइते भएका । बुढाको थप उपचारका लागि नेपालगञ्ज पठाइएको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् । 

सेनाको हेलिकप्टरमा बुढा तथा उनकी श्रीमतीसहित ४ जनालाई नै नेपालगञ्ज पठाइएको हो । उद्धारका क्रममा लाग्ने खर्च सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्ने मन्त्री जोशीले बताइन् । 
 

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update