Sagun Khabar
दार्चुलामा २ लाख बढी रकम सहित जुवाडे पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –प्रहरीले दार्चुला सदरमुकाम खलंगाको एक जुवाघरमा छापा हानेको छ । भित्रभित्रै जुवा खेल भइरहेको सुराकीको आधारमा प्रहरीले छापा हानेको हो । 

आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक माधव विश्वकर्माको नेतृत्वको टोली जुवाघरमा छापा हान्दा एक दर्जन जुवाडे पक्राउ परेका छन् । सदरमुकाम खलंगाको तिंकर खेडामा रहेको प्रेमसिह बुढाथोकीको घरमा छापा हानेको हो ।

उनीहरुबाट प्रहरीले २ लाख ३७ हजार रकमसमेत बरामद गरेको छ । विगतदेखि नै जुवा खेलाइरहेको भन्दै प्रहरीले लामो समयदेखि निगरानी गर्दैै आएको जनाएको छ । पक्राउ परेकाहरुको नाम प्रहरीले खुलाएको छैन् । स्रोतका अनुसार जुवाखालमा जिल्लाका प्रतिष्ठित व्यक्तिहरु, राजनीतिक दलका नेता कार्यकर्ता र व्यापारी रहेको बताइएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update