Sagun Khabar
बैतडीमा  सोमबार साँझ भिरबाट लडेर एक जनाको मृत्यु

बैतडी  -   सोमबार साँझ भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।  जिल्लाको सिगास गाउँपालिका वडा नं.०२ का अन्ताजी ४५ बर्षिय नरबिर सिंह धामीको मृत्यु भएको हो । 

  सोमबार   नजिकैको ठुलागोदा बनमा दाउरा ल्याउन गएका धामीको  लडेर मृत्यु भएको  आफन्त लोकेन्द्र सिंह धामीले जानकारी दिनुभयो । धामी सामबार  बिहानै दाउरा लिन भनि बन गएका र राती अवेर  सम्म पनि घर  नफर्कदा घरपरिवारले  खोजतलास गर्ने क्रममा आज बिहान नजिकैको ठुलागोदा बनमा  मृत अबस्थामा भेटिएका   उहाँले बताउनु बताउनुभयो ।

  मृतक धामी भिरबाट करिब ४०० मिटर तल खसेका थिए । मृतक  धामीको  दुईटा बिबाह भएको बताएको छ ।  पहिलो श्रीमतीको  पनि भिर बाटै लडेर मृत्यु भएको होे । अहिले दोस्रो बिबाह पश्चात् अपांग श्रीमती र दुईवटा छोरा रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update