Sagun Khabar
कैलालीमा विङ्गर दुर्घटना  १५ जना घाईते
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली -कैलालीमा विङ्गर दुर्घटना हुँदा १५ जना घाईते भउका छन । पूर्वपश्चिम राजमार्गअन्र्तगत कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुरमा से १ ज ११०५ नम्बरको विङ्गरले से ६ प ५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा विङ्गरमा सबार १४ जना र एकजना मोटरसाइकल चालक गरी १५ जना घाइते भएका थिए

  ।  मोटरसाइकल चालक धनगढी वडा नम्बर १७ का लक्ष्मण चौधरीको अवस्था गम्भीर छ ।  घाइतेलाई उपचारको लागी सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको र विङ्गर चालक गोदावरी नगरपालिका १० ओलानी बस्ने २७ वर्षीय नविनराज पाण्डेयलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

  धनगढीबाट टीकापुर गइरहेको विङ्गरले रोड क्रस गरिरहेको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय चौमलाका प्रहरी नायब निरीक्षक विरबहादुर बोहराले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update