Sagun Khabar
सेल्फी डाँडामा जीप र बस ठोक्किदा बैतडीका ३सहित ५जना घाइते

बैतडी–कैलालीमा जीप र बस एक आपसमा ठोक्किँदा बैतडीका ३जना सहित ५ जना घाइते भएका छन् । घाइते हुनेमा बैतडीको दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका ३० वर्षीय नरेश जोशी, द.न.पा. ३का २० वर्षीय बिरेन्द्र नाथ र पाटन नगरपालिका ९ खोड्पेका १८ वर्षीय महेशसिंह भाट रहेकाछन् ।

यसैगरि कैलालीको गोदावरी नगरपालिका ५ गेटाका ६० बर्षीय रामदत्त भट्टराई र कञ्चनपुरको कृष्णपुर ५ का १८ वर्षीय  दीपक जोशी घाइते भएका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

कैलालीको गोदावरी नगरपालिका ४ सेल्फी डाँडामा बस र जीप आपसमा ठोकिएको कैलाली प्रहरीले जनाएको छ । घाइतेको अत्तरीया स्थीत पदमा अस्पतालमा उपचार भइरहेको छ ।

अत्तरीयाबाट बैतडी तर्फ आउदैँ गरेको से. १ ज. ९२७ नम्बरको बोलेरो जीप र बिपरीत दिशा तर्फ जादैँ गरेको ना.४ ख. ८४२८ नम्बरको बस एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २७, २०७८  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update