Sagun Khabar
फसेका ब्यक्तिको उद्धार गर्न नसकी बैतडीको ढुंगाड पुगेको हेलिकप्टर फिर्ता गयो

बैतडी -बैतडीको सिगास गाउँपालिका वडा न–५ को ढुंगाडमा बाढीका कारण टापुमा फसेका ब्यक्तिहरुको उद्धारका लागी त्यहाँ पुगेको हेलिकप्टर फिर्ता गएको छ । 

सेति नदि गाउँमा पस्दा गाँउको टापुमा पसेका ब्यक्तिहरुको उद्धार गर्न सुर्खेतबाट त्यहाँ पुगेको नेपाली सेनाको हेलिकप्टर मौसम खराबीका कारण अवतरण गर्न नसक्दा फिर्ता गएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकिय अधिकृत खगेन्द्र भारतीले बताए । त्यहाँ पुगेको हेलिकप्टर ३पटक सम्म कोसीश गरि अवतरण गर्न नसकेपछी फिर्ता गएको उनले बताए । 

सेतिनदी गाउँमा पसेपछि ढुंगाडका कम्तीमा ६० जना टापुमा फसेकाछन् । अहिले प्रहरी घटनास्थल नजिक पुगेको छ । जिल्ला प्रशासन कार्यालय बैतडीमा जारी सुरक्षा समितिको बैठकमा उद्धारको विकल्पबारे छलफल भैरहेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update