Sagun Khabar
बैतडी सुर्नया ५ मा  शव फेला
स्वास्थ्य सन्देश
Atrya hospital


बैतडी सुर्नया ५ कक्स्यालिमा ७ दिन देखि हराइरहेका ध्वज बहादुर बिष्टको शव फेला परेको छ । घोडधौनि दाजुको घरबाट आफ्नो घर जान्छु भन्दै हिडेका ४७ वर्षिय बिष्ट ७ दिन देखि सम्पर्क विहिन भएका थिए । खोजि गर्ने क्रममा आज बिहान १० बजे शव कुहिएको अवस्थामा कक्स्यालिकै भिरमा फेला परेको रोलेश्वर प्रहरी चौकिका इन्चार्ज भुवन चन्दले बताउनुभयो ।

मृतक बिष्टका दुई श्रीमती र तीन ओटा छोराहरू रहेका छन । घटना के कारणले भएको भन्ने एकिन नभएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि डडेल्धुरा पठाएको प्रहरी सहायक निरिक्षक चन्दले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update