Sagun Khabar
दार्चुलाको हिमाली क्षेत्रमा भारी हिमपात 

दार्चुला –दार्चुलाको हिमाली क्षेत्रमा कार्तिक पहिलो साता नै भारी हिमपात भएको छ । लेकाली क्षेत्रमा हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । अपिहिमाल र व्यास गाउँपालिकाको विभिन्न क्षेत्रमा हिमपात भएको छ । हिमपातले हिमाल र उच्च पहाडी डाडाकाडा ढाकिएका छन् । विहिबार घाम परेपछि हिमालहरु टल्किएकोमा शुक्रबार फेरी कुहिरो लागेको छ । 

व्याँस गाउँपालिका वडा नम्बर १ को तिकंर गाउँसहित लेकाली भेगमा सोमबार विहानदेखी बाक्लो हिमपात भएर गाउँसम्म हिउँ जमेकोे प्रहरीले जनाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

ढिलो हिमपात हुने गरेकोले मंसिर पहिलो साता कुञ्चा सर्ने व्यासी समुदाय यो बर्ष छिट्टै कुञ्चा सर्ने तयारीमा छन् । व्यास गाउँपालिका वडा नम्बर १ का व्यासी सौँका समुदाय छ महिना गाउँमा र छ महिना चिसो छल्न सदरमुकाम खलंगामा बसोबास गर्दै आएका छन् ।

भारी हिमपात भएपछि तिकंरको जनजीवन कष्टकर बनेको छ । दार्चुलाको अपिहिमाल गाउँपालिका, व्यास गाउँपालिका, दुहुँ गाउँपालिका, मार्मा गाउँपालिका र नौगाड गाउँपालिकाको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update