सेतीमा हाम फाल्दा बझाङकी एक किशोरी बेपत्ता 
                        
                        
                                                
                                             
                                                                    बझाङ–सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन् । बझाङको सुर्मा गाँउपालिका–४ भेलादका अन्दाजी १९ वर्षीया सिमाकुमारी बोहराले सदरमुकाम नजिकै सेती नदीमा हाम फालेकी हुन् ।
बोहराले शनिबार बिहान रिङरोडमा रहेको सिमलको रुख नजिकैबाट हाम फालेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
शुक्रबार पनि जयपृथ्वी नगरपालिका–१० का नविन सुनारले सेती नदीमा हाम फालेका थिए ।
प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १०:५०
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    