Sagun Khabar
बैतडीमा झण्डै २४ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाइने 

बैतडी –बैतडीका झण्डै २४ हजार बालबालिकालाई  भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । कात्तिक ७ र ८ गते सञ्चालन हुने राष्ट्रिय भिटामिन कार्यक्रमअनुसार जिल्लाका २३ हजार ८९४ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिए । 

यस्तै २१ हजार ५४ बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यक्रम रहेको सूचना अधिकारी भट्टले जानकारी दिए ।  छ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’, एक देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । जसका लागि केन्द्रमा ८३१ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ । स्थानीय तहले प्रत्येक वडामा तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अनुरोध गरिएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा यो बर्ष दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हो । 

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो । 

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लैजाँदा अभिभावकलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update