Sagun Khabar
डडेल्धुरामा कांग्रेसको पुनः अधिवेशन हुनुपर्छ : बरिष्ठ नेता पौडेल 

धनगढी –नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डडेल्धुरामा सम्पन्न नेपाली कांग्रेसको विभिन्न अधिवेशन विवादित रहेको भन्दै पुनः अधिवेशन हुनुपर्ने बताएका छन् । 

शनिबार सुदूरपश्चिम प्रदेशको बाढीपहिरो प्रभावित क्षेत्रको भ्रमणका लागि आएका उनले गेटा विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

पार्टीको क्रियाशील सदस्यता वितरणमा धाँधली भएको र छानविन समितिले निर्वाचन कार्यालयमा बुझाएको नामहरुमा पनि तलमाथि पारिएको उनले आरोप समेत लगाएका छन् । पार्टीका जिल्ला सभापति लगायत कार्यसमितिलाई बाहिर राखेर गरिएको अधिवेशन अवैध भएको उनले जिकिर गरेका छन् । 

यस्तै कांग्रेसका वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसको महाधिवेशन छिट्टै सम्पन्न हुने बताएका छन् । यस्तै उनले अर्ली निर्वाचन सम्भव नभएको बताएका छन् । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update