Sagun Khabar
बझाङको थलारामा अझै १९ जना बेपत्ता, ४जनाको शव फेला पर्यो 

बझाङ–बझाङको थलारा गाउँपालिकामा गएको पहिरोमा अझै १९ जना बेपत्ता छन् ।  कार्तिक २ गते थलारा गाउँपालिका वडा नम्बर ४ मा रहेको डिक्लामा दुई परिवारका २३ जना बेपत्ता भएका थिए भने शनिबारसम्म चार जनाको शव भेटिएको छ । 

उनीहरुमध्ये तीन जनाको सनाखत भइसकेको छ भने आज भेटिएका एक जनाको भने अझै सनाखत हुन बाँकी रहेको छ । आयुष पार्की, विकास सार्की र सीता सार्कीको शव फेला परेको प्रहरीले जनाएको छ । शनिबार फेला परेको एक शवको सनाखत हुन बाँकी रहेको छ । 

प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले बेपत्ता १९ जनाको खोजी भइरहेको बताए । उनका  अहिले पनि प्रहरी, सेना र सशस्त्र प्रहरी खोजतलासमा खटिएका छन् ।  

Atrya hospital

पहिरोमा गगने सार्कीको एकै घरका १८ जना र नरे पार्कीको परिवारका ५ जना बेपत्ता भएका थिए । थलारामा पहिरो गएपछि करिब एक सय ७८ परिवारको बसोबास रहेको तल्लो डिक्ला र माथिल्लो डिक्ला गाउँबीचमा ठूलो धाँजा फाटेको छ ।

विभिन्न ठाउँमा जमिन भासिएपछि पूरै गाउँ बगाउने डरले विस्थापित भएका एक सय ४८ परिवार अझै त्रासमा बसीरहेका छन् । 

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update