Sagun Khabar
नेकपा (एस) बैतडीको प्रथम विस्तारित बैठक सम्पन्न, संगठन विस्तारमा लाग्ने निर्णय 

बैतडी –नेकपा (एकीकृत समाजवादी) बैतडीको पहिलो विस्तारित बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । शुक्रबार देखि सुरु भएको जिल्ला कमिटी बैठकले बाढी पहिरो पीडितका लागि तत्काल राहात तथा पुर्नस्थापनाका काम अघि बढाउन सरकारलाई आग्रह गरेको छ ।

बैठकले पारित गरेका निर्णयको बारेमा जानकारी दिनका लागि शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेकपा (एस) बैतडीका जिल्ला इन्चार्ज एवं केन्द्रिय पोलिटब्युरो सदस्य परमानन्द भट्टले पार्टीले संगठन विस्तार अभियानलाई तीव्रता दिने बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै अबको तीन महिना पार्टी संगठनलाई बलियो बनाउन जनवर्गीय संगठनहरुको निर्माण गर्ने निर्णय भएको उनले जानकारी दिए । यस्तै स्थानीय सरकारहरुमा भईरहेको भ्रष्टाचार न्यूनीकरणका लागि पहल गर्ने, सार्वजनिक मुद्दामा बहस गर्ने, विकास निर्माणका काममा हुने ढिलाईको कारण खोजी कार्यान्वयन पक्षलाई बलियो बनाउने निर्णय समेत भएको उनले बताए । उनले भने ‘हामी अब पार्टी संगठन विस्तारको कामलाई तिब्रता दिनुका साथै आम जनताका साना देखि ठुला मुद्दाहरुमा केन्द्रत हुन्छौँ ।’

पत्रकार सम्मेलनमा नेकपा (एस) का प्रदेश सहसचिव एंव सुदूरपश्चिम प्रदेशका पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले आफ्नो पार्टी अहिले पनि सरकारमा भएकाले जनजिविकाका सवालहरुमा केन्द्रित रहेको बताइन् ।

पत्रकार सम्मेलनमा  नेकपा (एस) का जिल्ला अध्यक्ष महादेव भट्टले विगतमा भएका गल्ति कमजोरीहरुलाई सुधार्दै नेकपा (एस) बलियो पार्टीको रुपमा स्थापित हुने बताए । 

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update