Sagun Khabar
बझाङका एक वडा अध्यक्षको निधन 

बझाङ –बझाङमा एक वडाध्यक्षको निधन भएको छ । जिल्लाको बित्थडचिर गाउँपालिका –३ का वडाध्यक्ष नरबहादुर बोहराको बिहीबार बिहान बिहान निधन भएको हो । 

दम रोगबाट ग्रसित वडा अध्यक्ष बोहराको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा निधन भएको बित्थडचीर गाउँपालिकाकी उपाध्यक्ष जानकी बोहराले बताइन् । 

बोहरा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update