Sagun Khabar
बझाङमा एक गर्भवती  महिलाको हेलिकप्टर मार्फत उद्धार 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ–बझाङको केदारस्युँ गाँउपालिकाकी एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । केदारस्युँ गाँउपालिका वडा नम्बर ८ की २२ बर्षिया लक्ष्मी खत्रीको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सेती प्रादेशिक अस्पताल धनगडी पठाइएको हो । 

शुक्रबार बिहान सुत्केरी ब्याथा लागेर लोतु सामुदायिक स्वास्थ्य इकाइमा आएकी खत्री सुत्केरी नभएपछि हेलिकप्टर मार्फत धनगढी पठाइएको लोतु सामुदायिक स्वास्थ्य इकाईका प्रमुख पुष्पा बोहराले बताइन् । 

जयपृथ्वी राजमार्ग ठाँउ ठाँउमा अवरुद्ध हुँदा बोकेरै अस्पताल पु¥याउन सकिने अवस्था नभएकोले हेलिकप्टर मार्फत उद्धार गरिएको केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष निशा धामीले बताइन् । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update