Sagun Khabar
बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्यु 
फाइल फोटो
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ – बझाङमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । दुर्गाथली गाउँपालिका ३ रकैलका प्रेमबहादुर धामीकी १३ वर्षीया छोरी शशिकला धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

उनको शुक्रबार दिउँसो साढे १२ बजे घर नजिकै घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको बताइएको छ । धामी भीरबाट  करिब ३०० मिटर तल खसेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update