Sagun Khabar
बझाङमा ७७ बर्षीया वृद्धाको प्रहरी हिरासतमै मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ –जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा ७७ वर्षीया एक वृद्धाको मृत्यु भएको छ । कर्तव्य ज्यान मृद्दामा गएको कार्तिक २० गतेदेखि हिरासतमा रहेकी केदारस्युँ गाउँपालिका–२ महर गाउँकी कृष्णादेवी रावलको शनिबार बिहान मृत्यु भएको हो । 

एक्कासी बेहोस भएकी वृद्धालाई अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेकोे जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख (डिएसपी) ज्ञान बहादुर बिष्टले बताए । 

मृतक रावल र उनका छोरा जय बहादुर रावल बुहारी हत्याको आरोपमा हिरासतमा रहेका थिए । 

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update