Sagun Khabar
बैतडीको शिवनाथमा एक महिलामाथि निर्घात कुटपीट, कुटपीट गर्ने व्यक्ति पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी–बैतडीको शिवनाथ गाउँपालिका २ फट्केढुंगाकी एक महिलामाथि कुटपिट गरिएको छ । ४९ बर्षीया चम्पादेवी साउँदमाथि डडेल्धुराको भागेश्वर गाउँपालिका १ का १८ बर्षीय सन्दीप सार्कीले  शुक्रबार कुटपीट गरेको प्रहरीले जनाएको छ । 

देगडा भन्ने स्थानमा मेला हेर्न आएका सन्दीपले एकल महिला साउँदको टाउकोमा हिर्काएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । घाइते चम्पाको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भईरहेको छ भने कुटपीट गर्ने सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले भने ‘कुटपीटमा संलग्न सन्दीपलाई हामीले नियन्त्रणमा लिएका छौं । आजमात्रै तिनलाई जिल्ला प्रहरी कार्यालयमा पुर्याइएको छ । घटनाको बिषयमा अनुसन्धान भईरहेको छ । अहिले नै कुटपीटको कारण खुलेको छैन् ।’

सार्कीले ती महिलामाथि कुटपीट गरेको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । तर स्थानीयहरुले भने साउँदले लगाएको गरगहना लुट्नका लागि सार्कीले कुटपीट गरेको र छिमेकीहरुले थाहा पाएपछि बचाउन सकिएको बताएका छन् । साउँदको टाउकोमा गहिरो चोट रहेको बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  २१:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update