Sagun Khabar
बैतडीमा कांग्रेस अधिवेशन : (क) क्षेत्रको सभापतिमा विष्णुप्रसाद भट्ट प्यानल सहित विजयी 

बैतडी–नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा शनिबार सम्पन्न भएको प्रदेश क्षेत्रीय अधिवेशनको नतिजा आएको छ । बैतडी प्रदेश सभा क्षेत्र (क) को सभापतिमा विष्णुप्रसाद भट्ट ३१९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी हिमालयबहादुर बमले ३१५ मत प्राप्त गरेका छन् । 

यस्तै उपसभापतिमा कर्णबहादुर जागरी ३४२ र हर्कबहादुर बिष्ट ३२८ मत ल्याएर विजयी भएका छन् । उनीहरुका निकटतम् प्रतिद्वन्दी नवीनराज अवस्थीले २५९ र राजेन्द्रप्रसाद अवस्थीले २६२ मत ल्याए । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै सचिवमा रिकेशबहादुर बोहरा ३३७ र तेजबहादुर साउँद ३४४ मत ल्याएर विजयी भएका छन् । उनीहरुका निकटतम प्रतिद्वन्दी भुवनराज भट्टले २४९ र अमरसिंह धामीले २५६ मत ल्याएका छन् । 

यस्तै सहसचिव पदमा अम्बादत्त पन्त ३५२ र दीपकसिंह धामी ३२६ मत ल्याएर विजयी भएका छन् । उनीहरुका निकटतम् प्रतिद्वन्दी गणेशसिंह साउँदले २५२ र रामचन्द्र महराले २४७ मत ल्याएका मतदान अधिकृत रनबीरसिंह धामीले बताए । 

बैतडी प्रदेश सभा क्षेत्र (क) जिल्ला सभापतिका उम्मेद्वार शिवराज भट्टको प्यानलले पदाधिकारीमा विजय हाँसिल गरेको हो । क्षेत्र नं (क) मा ६४५ मत खसेको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  ०६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update