Sagun Khabar
भारतमा कोरोना फैलिएपछि सुदूरपश्चिमका सीमा नाकामा उच्च सतर्कता 


भारतमा कोरोनाको दोश्रो लहर फैलिएसंगै सुदूरपश्चिमका भारतसंग सीमा जोडिएका नाकाहरुमा उच्च सतर्कता अपनाइएको छ । भारतमा कोरोनाको दोश्रो लहर फैलिएपछि भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पनि उच्च सतर्कता अपनाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

झुलाघाट नाकाबाट स्वदेश फर्कने नागरिकको सोमबारदेखि एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । सीमा नाकामा रहेको हेल्थ डेस्क मार्फत कोरोना परीक्षण गरिने उहाँले बताउनुभयो ।

स्वास्थ्य सन्देश
Atrya hospital

सोमबारदेखि नै सीमा नाकामा रहेको हेल्थ डेस्कमा प्रयोगशालाकर्मीलाई पनि खटाइने उहाँले बताउनुभयो । यसअघि सो हेल्थ डेस्कमा एकजना हेल्थ असिष्टेन्ट र एकजना कार्यालय सहयोगी खटाइएको थियो । उहाँले भन्नुभयो ‘सीमा नाकामा रहेको हेल्थ डेस्कबाट हामीले सोमबारदेखि नै एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्छौ। भारतबाट स्वदेश फर्केका सबैको परीक्षण हुन्छ ।’

सुदूरपश्चिम प्रदेशका भारतसंग जोडिएका सबै नाकामा एन्टीजेन विधिबाट कोरोना परीक्षणको तयारी भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाको दोश्रो लहर फैलिएकाले स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाउन पनि स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update