Sagun Khabar
डडेल्धुरामा ट्याक्टर दुर्घटना : सातजना घाइते 

डडेल्धुरा –डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन् । जिल्लाको अमरगढी नगरपालिका–२ आइतबजार नजिक सुदूरपश्चिम प्रदेश ०१–००–२ त ४९६२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । 

सिमेन्ट बोकेको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक यज्ञराज भट्टले बताए । घाइते सात जनामध्ये एकजनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था समान्य रहेको छ । घाइते सातै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update