Sagun Khabar
नेपाली कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द विजयी 

बैतडी–नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीको सभापतिमा चतुरबहादुर चन्द विजयी भएका छन् । उनले ८०९ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्दी शिवराज भट्टले४८९ मत मात्रै प्राप्त गरे । 

एकजना उपसभापति बाहेक पदाधिकारीमा अन्य पदमा पनि चन्द प्यानलकै उम्मेद्वार विजयी भएका छन् । उपसभापतिमा शिवराज भट्ट प्यानलका बीरबहादुर बिष्ट बाहेक अरु सबै पदमा चन्द प्यानलका उम्मेद्वार विजयी भएका हुन् । बिष्टले ६५८ मत प्राप्त गरेर विजय हासिल गरेका छन् । यस्तै अर्को उपसभापतिमा चन्द प्यानलका खगेन्द्रसिंह धामीले ६२४ मत प्राप्त गरेर विजय हासिल गरेका छन् । उपसभापति पदमा चन्द प्यानलका रमेशदत्त पाण्डे( ६०८) र भट्ट प्यानलका हरिसिंह धामी (५५२) मत ल्याएर पराजित भएका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै सचिव पदमा चन्द प्यानलका प्रेमबहादुर चन्दले ६४० र देवराज जोशीले ६३३ विजयी भएका छन् । भट्ट प्यानलका रमेशसिंह भण्डारी ५९५ र कर्णबहादुर बोहरा ५२९ मत ल्याएर पराजित भएका छन् । 

यस्तै सहसचिवमा पदमा चन्द प्यानलका दिपेन्द्रबहादुर चन्द ६६६ र दशरथसिंह चाड ६५४ मत ल्याएर विजयी भएका छन् । भट्ट प्यानलका घनश्याम भट्ट ५३० र रमेश कोली ५७४ मत ल्याएर पराजित भएका छन् । 

बैतडीमा १ हजार ४०९ जना प्रतिनिधि मध्ये १ हजार ३४८ मत खसेको थियो । बैतडीमा संस्थापन पक्षका एकजना उपसभापति बाहेक अरु सबै पदमा चन्द पक्षका उम्मेद्वार विजयी भएका छन् । 

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  ०५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update